धुलिखेल । जिल्ला पशासन कार्यालय, काभ्रेले पनौतिमा अनिश्चितकालको लागि कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले एक सूचना जारी गर्दै आज विहान ९ बजेदेखि अनिश्चितकालको लागि कफ्र्यू जारी गरेको हो ।
पनौति नगरपालिका वडा नं. ५ स्थित पनौती बसपार्क क्षेत्रमा वा ५ ख ५४८० नं. को टिपरले २ जना पैदल यात्री जुनीमाया गोले र निजको छोरी स्मारिका तामाङलाई ठक्कर मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरेपछि सुरक्षा अवस्थालाई मजबुत बनाउन कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।
घट्नापछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप भई गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको थियो भने स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको थियो ।
आक्रोशित भिडले प्रहरी बिट समेत जलाएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
यस्तो छ कफ्र्यू आदेशः
मिति २०७६ साल चैत्र ३ गते दिनको ४ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला पनौति नगरपालिका वडा नं. ५ स्थित पनौती बसपार्क क्ष्ँेत्रमा वा ५ ख ५४८० नं. को टिपरले २ जना पैदल यात्री जुनीमाया गोले र निजको छोरी स्मारिका तामाङलाई ठक्कर दिई घाइते भई शिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर मिति २०७६ साल चैत्र ३ गते सोमबार पनौती बसपार्क क्ष्ँेत्रमा उत्तेजित भिडबाट तोडफोड, आगजनी, धनजनको क्षति भई ड्युटीमा खटिएको प्रहरीमाथि समेत आक्रमण हुन थालेपछि र भिड काबुभन्दा बाहिर जाने अजस्था देखिएको हुँदा आज मिति २०७६ साल चैत्र ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट तपशिल बमोजिको चारकिल्ला तोकी कफ्र्यु लगाउने निर्ण गरेको हुँदा सुरक्षाको स्थितिलाई बजबुत बनाउन आज मिति २०७६ साल चैत्र ४ गते विहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि देहायको क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला जम्मा हुन र अन्य कुनै पनि काम कुरा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ का दफा ६ बमोजिम यो कफ्र्यु आदेश जारी गरिएको छ । कफ्यूृ तोड्ने व्यक्ति, समूहलाई आवश्यकतानुसार सरक्षाकर्मीले गोली समेत चलाउन सक्ने हुँदा कोही कसैबाट कफ्र्युको उल्लंघन नगर्न सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।
कफ्र्यू लाग्ने क्षेत्रः
१. पूर्व शंखु जाने बाटोको चौकीसम्म ८ सय मिटिर सम्म,
२. पश्चिम कुशादेवी जानेबाटो १ किलोमिटरसम्म,
३. उत्तर बनेपा जानेबाटो ठाडोबाटोसम्म १ किमीसम्म,
४. दक्षिण बेथाचोक जानेबाटो १ किमिसम्म ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।