काभ्रे । काभ्रे जिल्लामा माध्यमिक शिक्षा परिषद् परीक्षा (एसईई)को परिक्षाको तयारी पूरा भएको छ । चैत्र ६ गते(विहबार) देखि शुरु हुने एसइइ परिक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेका इकाई प्रमुख गोकर्णध्वज कार्कीले जानकारी दिएका छन् ।
जिल्लामा कुल ४० वटा परीक्षा केन्द्र रहेको इकाई प्रमुख कार्कीले जानकारी दिए । ‘परिक्षामा अंशिक तर्फ ३५ जना र नियमित तर्फ ७ हजार २ सय ४० जना गरि ७ हजार २ सय ७५ जना सहभागी हुँदैछ ।’ कार्कीले भने, ‘४० वटा केन्द्र छ काभ्रेमा । सबै केन्द्रमा तयारी पूरा भएको छ ।’
काभ्रेमा ४० वटा परिक्षा केन्द्र रहेको बताउँदै कार्कीले प्रत्येक केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्‍याइसकेको जनकारी दिए ।
प्रत्येक परिक्षाकेन्द्रमा ‘हेल्थ डेस्क’
विश्वभरि फैलिरहेको कोरोना भाइरस रोकथाम गर्नका लागि प्रत्येक परिक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ निर्माण गरिसकेको इकाई प्रमुख कार्कीले जानकारी दिए । ‘कोरोना भाइरसबाट बच्नका लागि ४० केन्द्रमा ‘हेल्थ डेस्क’ निर्माण गरेका छौं ।’ उनले भने, ‘शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयबाटै पठाउने स्वास्थ्यकर्मीको ब्यबस्था गर्नेगरि ‘हेल्थ डेस्क’ निर्माण भएको छ ।’ कोरोनाको आशंका लागेमा छुट्टै राखेर परिक्षा दिने वातावरण समेत व्यवस्था हुने कार्कीले बताए ।
त्यसैगरि परिक्षा केन्द्रमा विद्यार्थी लगायत सबैलाई मास्क अनिवार्य गरेको इकाई प्रमुख कार्कीले बताए । ‘परिक्षा केन्द्रमा सबैलाई मास्कको अनिवार्य ब्यबस्था गरेका छौं ।’ उनले भने, ‘रोग लाग्नु अघि हामी होसियार हुनपर्छ, रोग लाग्नुभन्दा अघि लाग्नबाट बाच्न होसियार हुने सन्देश सबैलाई दिन यो मास्कको व्यवस्था गरेका हौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।