काठमाडौं । आज चैत्र ५ गते अर्थात तत्कालीन नेकपा (माओवादी) निकट ७ जना जनकलाकारहरुलाई तत्कालीन प्रहरी प्रशासनले जिउँदै आगो लगाई हत्या गरेको दिन ।
माओवादीले २०५२ मा युद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा ७ जना कलाकारको सामूहिक हत्या गरेको दिन । जनताको घरदैलोमा जनता जगाउँदै सामन्तवादी राज्यसत्ताको विरुद्ध क्रान्तिको विगुल फुक्दै हिंड्ने क्रममा ती कलाकारहरु मारिएका थिए ।
जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य च्याङबा लामा लगायतका ७ जना जनकलाकाहरुलाई निशस्त्र अवस्थामा मारिएका थिए ।
२०५५ साल चैत ५ गते काभ्रे जिल्लाको अनेकोटको एक घरमा बसिरहेको सांस्कृतिक टोलीका सातजना कलाकारलाई तत्कालीन सुरक्षा निकायले आगो लगाएर निर्ममतापूर्वक जलाएर हत्या गरिएको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको छ । जनवादी तथा प्रगतिशील गीत गाउँदै नयाँ सांस्कृतिक अभियानमा संलग्न च्याङबा लामा, गुम्वासिंह लामा, चिनिमाया तामाङ, डम्बर श्रेष्ठ, सावित्री चौलागाई, सुभद्रा सापकोटा र मञ्जु कुँवरको उक्त हत्या गरिएको थियो ।
आजको दिनलाई साँस्कृतिक प्रतिरोध दिवसको रुपमा तत्कालीन नेकपा (माओावदी केन्द्र)ले मनाउँदै आएपनि नेकपा एमालेसँगको पार्टी एकतापछि यसको महत्व र गरिमा घटेको महासुस हुन थालेको छ । आजको परिवर्तनको श्रेय तीनै महान सहिदहरुलाई जान्छ । बलिदानको जगमा उभिएको वर्तमान व्यवस्था, सहिदले देखाएको बाटोमा विचलित भए अवस्य पनि तासको घर जस्तै एकदिन भताभुंगा हुने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।