काठमाडौं । काठमाडौं विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट चैत मसान्तसम्म सम्पूर्ण पठन–पाठनका क्रियाकलाप बन्द हुने बताएको छ ।
विश्वविद्यालयले विहीबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णय अनुसार आजबाट लागू हुने गरी चैत मसान्तसम्म पठनपाठन बन्द हुने जनाएको हो । त्यस्तै प्रशासनिक कामहरु भने अर्को सूचना जारी नहुन्जेल सुचारु हुने जनाएको छ ।