तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम सम्बन्धि सम्पूर्ण तेमालवासी तथा जनसमुदायमा सार्वजनिक अपिल गरेको छ । आज (विहिबार) गाउँपालिका अध्यक्ष सलामसिं तामाङले तेमालबासी जनसमुदायको नाममा उक्त अपिल जारी गरेका हुन् ।
अपिलमा नियमित रुपमा साबुन पानीले हात धुने, भिडभाडमा नबस्ने, तालिम, गोष्ठी, भोजभतेर आयोजना नगर्ने, खोक्दा हाँछ्युँ गर्दा नाक, मुख छोप्ने, विरामी व्यक्तिहरु सकेसम्म घरबाहिर ननिस्किेन, कसैलाई संशास्पद कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यस्तो छ अपिलः
विषयः कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम सम्बन्धि सम्पूर्ण तेमालवासी तथा जनसमुदायमा सार्वजनिक अपिल
विश्वव्यापी रुपमा कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेको तथा विश्व स्वास्थ्य संगठनले उच्च जोमि क्षेत्र घोषणा गरेको र नेपाल सरकारले समेत सचेतनामुलक सन्देश प्रवाह गरेको तथा भिडभाड र ठुला जमघटका कार्यक्रम नगर्न र नजान आग्राह गरिरहेको अवस्थामा –कोभिड–१९) संक्रमित विरामी देखा पर्न सक्ने सम्भावनालाई मध्य नजर गर्दै सम्पूर्ण तेमालबासी था जनसमुदायमा कोरोना संक्रमण हुन नदिन सचेतनामुलक कार्यक्रम सहित नियमित रुपमा साबुन पानीले हात धुने, भिडभाडमा नबस्ने, तालिम, गोष्ठी, भोजभतेर आयोजना नगर्ने, खोक्दा हाँछ्युँ गर्दा नाक, मुख छोप्ने, विरामी व्यक्तिहरु सकेसम्म घरबाहिर ननिस्किेन, कसैलाई संशास्पद कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न तेमाल गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।
सलाम सिं तामाङ
अध्यक्ष, तेमाल गाउँपालिका, काभ्रे

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।