भक्तपुर । नेपाली भाषामा अत्याधिक मात्रमा सिरियल निर्माण भए पनि तामाङ भाषामा खासै धेरै सिरियलको निर्माण भएको छैन ।
नेपाली भाषामा भने अहिले सिरियल र सिरिज निर्माण गर्ने होड बाजी नै चलिरहेको देखिन्छ तर आदिवासी जनजातीमा भने त्यो अवस्था देखिदैनन किनकी भाषिकरुपमा निर्माण भएको सिरियलहरुलाई टेली भिजनहरुले प्राथमिक नदिएको कारण पनि भाषिक सिरियलहरु निर्माण हुन सकेको छैन ।
भाषिक रुपमा निर्माण भएको सिरियलहरुले टेली भिजनको समय खरिद गरेर सेमत प्रसारण गर्नु परेको देखिन्छ । तामाङ भाषाको सिरियलकै कुरा गर्नु पर्दा पहिलो पटक धर्ज्यु नामक सिरियलको निर्माण भएको हो भने त्यसलगतै आबा ङाछा नामक सिरियल निर्माण भएको हो र त्यस पश्च्यात अरु भने निर्माण हुन सकेको छैन ।
सामाजिक संजाल युटुवमा भने तामाङ ह्युल्बाका कोला नामक सिरियल निर्माण भएको देखिन्छ । अहिले आबा ङाछा सिरियल ५८ औ भाग पुग्न सफल भएको छ यो भाग भनेको तामाङ टेली सिरियलमा पहिलो पटक हो । २५ औ भाग रजत महोत्सव र ५० औ भाग स्वर्ण महोत्सव समेत धुमधाम समारोहका साथ केक काटदै मनाएको थियो ।
यस टेली सिरियललाई सिने पत्रकार जयन कुमार मोक्तानले निर्देशन गरेका हुन भने सबिता लामा र फुलमान स्याङतानले निर्माण गरेको हो । डुप्साङ तामाङको शिर्ष गीत रहेको छ भने शिर्ष गीतलाई प्रयास दोङले संगित गरेका छन र प्रयास दोङकै स्वर रहेको छ ।
रामजी घलानले छायाङकन गरेको छ भने यस टेली सिरियलमा जयन कुमार मोक्तान, फुलमान स्याङतान, उदास लामा, गोर्खा घिसिङ, सन्तोष लामा, मिश शंखु, सुस्मिता घ्लान, सुरेन्द्र तामाङ, बिशाल मोक्तान, मिना दोङ, सुनमाया दोङ, सुकमान लामा, रिना लामाखोर, उत्तर लामा, बिमल लामा, सुदिप लामा, रामजी घलान लागयतका कलाकारहरुले अभिनय गरेको छ । सुरेन्द्र तामाङ ब्यबस्थापक रहेको सिरियल तामाङ समुदायको बहुल्यता रहेको बस्तीहरु काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट लगायतका जिल्लामा सेमत छायाङकन भएको छ ।
सिरियलमा तामाङ समुदायको घटना, परमपरा, संस्कार संस्कृति, लाई उजागर गर्दै प्रबर्द्धन गर्दै लैजाने निर्देशक जयन कुमार मोक्तान बताउछन ।
५८ भाग हेर्नुस्
























