तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका प्रवेश गर्नु अघि कोरोना भाइरसका लक्षणहरु परिक्षण गरिने भएको छ । शुक्रबारदेखि कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि भन्दै गाउँपालिकाले दुई स्थानमा हेल्थ डेस्क नै निर्माण गरिएको छ ।

तेमाल गाउँपालिकाले गाउँपालिकाको मुख्य आवतजावत गर्ने नाकाहरु बोहारेदोभान र कालीमाटीमा हेल्थ डेस्क राखेको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले तेमाल अनलाईनलाई बताए ।
‘हेल्थ डेक्समा भोली २०७६ साल चैत्र ७ गते बिहान ६ बजे देखि सेवा सुचारु हुनेछ र प्रत्येक दिन साँझ ६ बजेसम्म सेवा दिनेछौं ।’ शाखा प्रमुख पाठकले तेमाल अनलाईनसँग भने, ‘हेल्थ डेक्समा गाउँपालिकाकै कर्मचारीहरु १ जना स्टाफ नर्स, १ जना अहेवका साथै १ जना प्रहरी पनि हुनेछ ।’

डेक्समार्फत गाउँपालिकामा आवतजावत गर्ने सम्पूर्ण मानिसहरुको तापक्रम, खोेकीको अवस्था परिक्षण गरिने पाठकले जानकारी दिए । कोरोना भाइरसकोबारेमा सचेतना जगाउनु यो हेल्थ डेस्क निर्माणको उद्देश्य रहेको उनले बताए ।
कोरोना भाइरस सम्बन्धी सचेतना जगाउन कोरोना भाइरस विपद व्यवस्थापन समिति नै निर्माण गरेका गाउँपालिकाले आफ्नो सिमानामा हेल्थ डेस्क राखेर उदाहरणीय कार्य गरेको बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।