• खगेन्द्र हमाल
कर्णाली प्रदेश
सुर्खेत । पन्चपुरि नगरपालिका वडा नं. ४ बराईचे स्थित बराईचे खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समिति वि.स २०४८ सालमा दर्ता भएर संचालनमा आएको हो । पछिल्लोपटक २०६४ सालमा राम प्रशाद तिमिल्सिनाको नेतृत्वमा उपभोक्ता समिति पुनर्गठन भएर बैधानिक व्यवस्था अन्तर्गत तीन वर्षे कार्य अवधिको ब्यवस्था हुँदा पनि हालका दिनसम्म करिब १२ बर्षको अवधिमा समिति पुनर्गठन, अडिट र नविकरण हुन नसकेको नेकपा पन्चपुरी ४ न. वडा अध्यक्षले जानकारी दिए।
२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित हुँदा समेत नैतिक रूपमा उपभोक्ता समितिबाट राजीनामा दिई समिति पुनर्गठन गर्न सहज वातावरण नबनाउदा अहिले यो समस्या झेल्नु परेको बताए । यसरी सकारात्मक तरिकाले समस्याको समाधानतर्फ ध्यान नदिनुको पछाडि लुकेको रहस्यमय स्वार्थ के हुन सक्छ भन्ने बिषयमा आम ४ नं. वडाबासी जनसमुदायहरु आश्चर्यचकित मात्रै होइन जनप्रतिनिधि स्वयंबाट भएको यसप्रकारको अनैतिक कार्यबाट लज्जित समेत बनेका आरोप लगाए ।
अध्यक्षका अनुसार समिति पुनर्गठनको प्रक्रियाका सम्बन्धमा उपभोक्ताहरुको व्यापक दबाब पश्चात् मिति २०७५।११।१५ गते ४ नं. वडा अध्यक्षको आयोजना तथा रोहवरमा वडा कार्यलयमा बसेको उपभोक्ताहरुको भेलाले एक महिना भित्र अडिट गरि समिति पुनर्गठन गर्ने निर्णय भएको थियोे । उक्त निर्णय कार्यन्वयन हुन नसक्दा २०७६।२।१५ बसेको उपभोक्ताहरुको भेलाले २०७६र३र१८ गते भेला आयोजना गरि समिति पुनर्गठन गर्ने निर्णय गर्यो र उक्त निर्णय पनि कार्यन्वयन नहुँदा पुनः २०७६।५।१५ गते बसेको उपभोक्ताहरुको भेलाले उपभोक्ता समितिको बिधान कहिकतै नभेटिएकाले राम प्रशाद अधिकारी (सयोजक), भक्तिराम कडेल र गगन बहादुर शाहिको नेतृत्वमा तिन सदस्य बिधान मस्यौदा समिति गठन गरि १५ दिन भित्र भेला बोलाउने र बिधान बमोजिम नयाँ उपभोक्ता समिति गठन निर्णय भएको र बिधान मस्यौदा समितिले पाएको समय सिमा अवधी भित्र नै आफ्नो जिम्मेवारी पुरा गरि पटकपटक वडा अध्यक्ष समक्ष भेला बोलाई बिधान पारित गरेर बिधान बमोजिम उपभोक्ता समिति गठन गर्न गरेको आग्रहलाई बेवास्ता गरि आफ्नै रोहवरमा बसेको जनाभेलाले गरेका निर्णयहरु कार्यन्वयनमा देखाएको लाचारी र गैरजिम्मेवार हर्कत प्रती ४ नं. वडा कमिटीले गम्भीररुपमा ध्यानाकर्षण गराएको बताए ।
अध्यक्षले भने ‘जनताको अभिमतबाट निर्वा्चित जनप्रतिनिधिबाट नै जनताको भावना चाहना र आवश्यकताको विरुद्धमा प्रचलित विधि र बिधानको धज्जी उडाईरहेको बिषयमा आम ४ नं. वडाबासीहरु आक्रोशित भएका छन । हरेक क्षेत्रमा देखिएका यस प्रकारका हत दर्जाको गैरजिम्मेवारी क्रियाकलापहरुलाई तुरुन्त सच्याई जनताको चाहनाको सम्मान गर्नुको साथै विधि र प्रक्रिया बमोजिम तत्काल अनुकूल समयमा उपभोक्ताहरुको भेला द्वारा बिधान पारित गरि बिधानको ब्यवस्था बमोजिम खानेपानी उपभोक्ता समिति पुनर्गठन गरेर मात्र अन्य खानेपानी सम्बन्धि कामहरु अगाडि बढाउन ४ नं. वडा अध्यक्षलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।
जनताको स्वतन्त्र आवाजलाई दबाउन खोजे नेकपाले यसको विरुद्ध खुलेरै बिरोध गर्ने चेतावनी समेत दिए । अन्यथा उपभोक्ताहरुको सल्लाह साथ र समर्थनमा संघर्ष गर्न बाध्य हुने परिस्थितिको सृजना नगर्न सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराएको बताए ।

Comments

comments