नेत्रविक्रम चन्द ‘विप्लव’
रौतहट । प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले बताएका छन् ।
उनीहरुको साह बाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको डिएसपी शाहीले जानकारी गराएका छन् ।
दुबैजाना प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुलाई शनिबार १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Comments

comments