काभ्रे । कोरोना (कोभिड १९) भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका काभ्रेका एक जनालाई निमोनियाको लक्षण देखिएको छ । शनिबार बिहान झण्डै सवा १० बजे काभ्रे जिल्लास्थित् पनौती नगरपालिका ६ मा पर्ने नयाँबस्तीका ५० वर्षीय पर्शुराम न्यौपाने कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका थिए ।
उनलाई धुलिखेल अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार गरिएको थियो । तर, उनको रिपोर्ट भने नेगेटिभ आएको छ । चेकजाँचको क्रममा उनलाई निमोनियाँको लक्षण देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीकुमार पौडेलले जानकारी दिए । न्यौपाने कोरोना आशंकामा अस्पताल भर्ना भएको खबर पाएलगत्तै प्रहरी टोली अस्पताल पुगेको थियो ।
‘रिपोर्टमा उहाँलाई निमोनियाको लक्षण देखा परेकोले डाक्टरहरुले औषधि दिएर घर पठाउनुभएको छ । उपचारमा संलग्न डाक्टरहरुले २÷३ दिनमा पनि ठीक नभएको खण्डमा तुरुन्त टेकु स्पताल जान सुझाव दिनुभएको छ’, उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।