भक्तपुर । भक्तपुर–काठमाडौं सडक खण्डको मध्यपुर थिमि नगरपालिका–४ राधेराधेमा शुक्रबार सवारी दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका वडा नं. ९, मुक्पा ठूलोगाउँका देवराज लामा रहेका छन् ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८० प ८६९२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००६ ख ३७९ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका लामालाई तत्काल उद्धार गरी मध्यपुर अस्पताल र्पुयाइएको थियो । मध्यपुरले थप उपचारको लागि बी एण्ड बी अस्पताल, ग्वार्कोमा रिफर गरिएकोमा उपचारको क्रममात्यहीं मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र बस चालक भक्तपुरको चाँगुनारायण नपा ९ ताथली बस्ने २८ वर्षीय प्रवीण त्यातलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको छ ।
प्रहरीका अनुसार आज शवलाई पोष्मार्टम गरेर आफन्तलाई जिम्मा दिने भएको छ ।  मृतक लामाको ६ वर्षिय एक छोरा र श्रीमती छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।