धुलिखेल । काभ्रे जिल्लाको बनेपा स्थित भैंसेपाटीमा सवारी दुर्घट्ना हुँदा २ जनाको मृत्यु र एक जना घाइते भएका छन् । बनेपा नगरपालिका वडा नं. १३ भैँसेपाटीमा आज (आइतबार) विहान साढे ६ बजे दुर्घट्ना भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार मृत्यु हुनेमा मोटरसाईकलमा सवार उदयपुर जिल्लाको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीय मिन बहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् । त्यस्तै मोटरसाइकलमा सवार १९ बर्षीय सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपा तर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइल आपसमा ठोकिंदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















