धुलिखेल । कोरोना भाइरस विश्वभरि फैलिदै गएपछि कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि काभ्रेको धुलिखेल नगरपालिकाले आकस्मिक बैठक बसेर १० वटा निर्णय गरेको छ ।
नगर कार्यपालिकाको आज बसेको बैठकले अत्यावश्यक सामग्री बाहेकका पसल तथा बजार बन्द गर्न ब्यवसायीलाई अनुरोध गर्ने निर्णय गरेको छ । नगर प्रमुख अशोक कुमार व्याञ्जुका अनुसार बैठकले भोलीदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
‘बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ ।’ नगर प्रमुख व्याञ्जुले भने, ‘चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।’
नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको बताउँदै व्याञ्जुले कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने जानकारी दिए ।
यस्तो छ बैठकका १० निर्णयहरुः
धुलिखेल नगरपालिकाको मिति २०७६ चैत्र ९ गते कोरोनाभाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण गर्न जनताले जनताको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल हुने वातावरण बनाउन धुलिखेल नगरपालिकामा बसेको बैठकले देहायको कार्यहरु गर्ने निणर्य गरियो ।
१. आम नागरिकहरुलाई सचेत सुरक्षित र संयमित हुन अनुरोध गर्ने
२. संघिय तथा प्रदेश सरकारका निर्णयहरुलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
३. अत्याबश्यक बाहेकका पसल तथा बजार बन्द गर्न अनुरोध गर्ने ।
४. यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने ।
५. क्वारेन्टाइन सेवाका लागि समुदाय तथा होटल, बिद्यालयका भवनहरु तथा अन्य उपयुक्त स्थानहरु प््रायोग गर्ने
६. चोक चोकमा मानिस जम्मा हुन नदिन जनप्रतिनिधि, प्रहरीतथा सरोकारवाला निकायबाट अनुगमन तथा सन्देश प्रवाह गर्ने ।
७. अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाह नगर्ने ।
८. सवै स्थानियतहले अत्याबश्यक अबश्था बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचना प्रवाह गर्ने ।
९. भिडभाड हुने सेवाप्रवाह गर्ने सस्था तथा निकायहरुमा भिड नियन्त्रण गर्न अनुरोध गर्ने ।
१०. अत्यावश्यक सामानको आपुर्ति ब्यबस्था सहज गराउन सवै स्थानियतहले समन्वय गर्ने
धुलिखेल नगरपालिकाको प्रेस विज्ञप्ति

Comments

comments