धुलिखेल । काभ्रे जिल्लामा दुई स्थानमा सवारी दुर्घट्ना हुँदा एक वालक र एक बृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार चौंरीदेउराली गाउँपालिका र पाँचखाल नगरपालिकामा सवारी दुर्घट्ना भएको हो ।
ट्याक्टर दुर्घट्नामा वालकको मृत्यु
चौंरीदेउराली गाउँपालिका वडा नं. ५ स्थित बालुवमा ट्याक्टरको चक्कले किचिदा एक वालकको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए । मृत्यु हुनेमा चौरीदेउराली गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ५ को सम्राट चौलागाईं रहेको थापाले बताए ।
आज (सोमबार) मध्यन्ह १२ः३० बजे मृत संञ्जिवनी कन्ट्रक्सन कम्पनीको रोकी राखेको ‘अनटेष्ट’ ट्याक्टरमा चढी खेल्ने क्रममा वालक एक्कासी ट्याक्टर आफैं गुडी ब्याक भई सो ट्याक्टरमा चढी खेली रहेका बच्चाहरु मध्ये चौंलागाईंको मृत्यु भएको थापाले जानकारी दिए ।
चौलागाईलाई ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको उनले बताए । तत्काल घटनास्थलमा प्रहरी टोली पुगी घट्नास्थल तथा लासजाँच प्रकृति मुचुल्का लगायतको अनुसन्धान भईरहेको बताइएको छ ।
बोलेरो र स्कारपियो एकापसमा ठोकिदा एक बृद्धाको मृत्यु
आजै पाँचखाल नगरपालिका वडा नं. ५ स्थित ५३ किलोमा सवारी दुर्घट्ना हुँदा एक बृद्धाको मृत्यु भएको छ भने १३ जना घाइते भएको छन् । मृत्यु हुनेमा जिल्ला दोलखा भिमेश्वर नं.पा ५ बस्ने बर्ष ६२ की बाल कुमारी आचार्य रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आ दिउँसो करिब २ः३० बजे ५३ किलो स्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौतर्फबाट दोलखा जिल्ला तर्फ जाँदै गरेको बा.२०.च ७७८७ नं. को बोलेरो गाडी र बिपरित दिशा बाट आउदै गरेको प्रदेश नं. ३.०१.०२३ च २१४० नं. को स्कारपियो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घट्ना पछि बोलेरो गाडी सडक बाट अं. १५ मिटर तल खस्दा बोलेरोमा सवार चालक सहित १४ जना घाईतेहरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । दुर्घट्ना हुनासाथ प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घाइतेहरुको उद्दार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पठाएको डिएसपी थापाले बताए ।
स्करपियो चालक प्रहरीको नियन्त्रणमा रहेको अन्य थप अनुसन्धान भईरहेको थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।