काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा गाँजा सेवन गरि सवारी चलाउने चालक पक्राउ गरेको छ । काठमाण्डौंबाट खोटाङ जिल्ला दिक्तेल तर्फ यात्रु लिएर जाँदै गरेको बा.५.ख २८८७ नं. का चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
सोमबार सो यात्रुबाहक बसमा ४० जना सवार यात्रुहरु सवार रहेको उक्त भाडा बस चालकले तिब्र गतिमा लापरवाही तवरले चलाई लिई आएको थाहा पाएपछि प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल न.पा.वड नं. ७ निवासी बर्ष २९ को दिपेन्द्र कुमार रम्तेललाई पक्राउ गरेको डिएसपी थापाले बताए ।
उक्त प्रहरीले रोकी चेकजाँच गर्दा चालक रम्तेलले अबैध लागु पदार्थ गाँजा सेवन गरी सवारी चलाई लिई आएको अवस्थामा गाँजा सहित फेला परे थापाले बताए ।
रम्तेललाई आज (सोमबार) काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















