धुलिखेल । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि काभ्रे जिल्लाको धुलिखेल नगरपालिका आज (सोमबार) राति १२ बजेदेखि लकडाउन गर्ने भएको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै लकडाउन गर्ने जानकारी दिएका हुन् ।
नगरपालिकाले आफ्ना सिमाक्षेत्रभित्र अरनिको र बीपी राजमार्गमा सार्वजनिक तथा निजी सवारी साधान पूर्ण रुपले रोक लगाउने निर्णय गरेको छ । यद्यपी दुबै राजमार्गमा एम्बुलेनस, खाद्यन्न, फलफूल, तरकारी, इन्धन, औषधी तथा दुग्धजन्य पदार्थ बोकेका सवारी साधनलाई भने रोक चल्न पाउने छन् ।
धुलिखेल नगरको विज्ञप्तिः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















