तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका पनि पूर्ण रुपमा ‘लक डाउन’ हुने भएको छ । तेमाल गाउँपालिकाको आज (मंगलबार) बसेको आस्मिक बैठकले तेमाललाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथम गर्नको लागि गाउँपालिका पूर्ण रुपमा लक डाउन गर्ने आजको बैठकले निर्णय गरेको छ ।’ बैठकले लिएको निर्णयको जानकारी दिंदै गाउँपालिका प्रवक्ता ज्ञानबहादुर तामाङ भने ।
बैठकले ६ वटा महत्वपूर्ण निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए । ‘वैठकले तेमालवासीलाई घरबाट ननिस्किन अनुरोध गर्ने निर्णय गरेको छ ।’ तामाङले भने, ‘विदेशबाट आएका आफन्त वा अपरिचित व्यक्तिकोबारेमा तत्काल नजिकको स्वास्थय संस्था, स्थानीय जनप्रतिनिधि, प्रहरी कार्याल्यमा जानकारी गराउन बैठकले अनुरोध गरेको छ ।’
साथै बैठकले आपतकालीन अवस्थामा को–कोसँग सम्पर्क राख्ने भन्ने विवरण समेत सार्वजनिक गरेको छ ।
यस्तो छ तेमालले गरेको ६ निर्णयः


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















