काठमाडौं । नोभल कोरोना भाइरसको सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन सरकारले गरेको लकडाउनको पहिलो दिन केही नागरिकले अटेर गरेका छन्।
एकजनाबाट एक सातामै करोडौं मानिसमा फैलन सक्ने कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले गरेको यो लकडाउनका क्रममा मानिसहरु सडकमा निस्किदिँदा समस्या भएको हो। प्रहरीले त्यस क्रममा केही ठाउँमा बल प्रयोग गर्न बाध्य भएको छ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस ९कोभिड(१९० को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता एआईजी शैलेश थापाका अनुसार सम्झाई बुझाई गर्दासमेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये सबैभन्दा धेरै कैलालीबाट पक्राउ परेका छन्।
थापाका अनुसार कैलालीबाट ३१ जना पक्राउ परेका छन्। त्यसपछि कपिलवस्तुबाट १४ जनालाई हिरासतमा लिइएको छ। लकडाउनका क्रममा घुम्न निस्किएकामध्ये रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना समातिएका छन्।
प्रहरीले लकडाउनमा सडकमा निस्किनेम्धये पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबा एकजनालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















