धुलिखेल । काभ्रेमा ‘लक डाउन’ तोड्ने ३४ सवारी साधनलार्य प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि सरकारले मुलुकलाई नै लकडाउन गरेको अवस्थामा ३३ वटा मोटरसाईकल, १ वटा वस र एकजना बाटोमा हिन्नेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविकुमार पौड्यालले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका कार्यालयहरुबाट लकडाउने तोड्नेहरुलाई नियन्त्रणमा लिई कार्वाही समेत शुरु गरेको एसपी पौड्यालले बताए ।
धुलिखेल–बनेपामा माइकिङ
धुलिखेल बनेपामा आज प्रहरी प्रशासनले निकै कडाइ गरेको छ । सवारी साधन नियन्त्रणमा लिने देखि लिएर हिंडडुल गर्ने मान्छेहरुलाई समेत नियन्त्रणमा लिएको छ ।
विहानै देखि प्रहरी चोक–चोकमा परिचालन गरिनुको साथै घरबाहिर ननिस्कन आव्हानका साथ माइकीङ गरिरहेको छ । तर केहि स्थानीयले अटेर गर्दै अनावश्यक रुपमा हिड्डुल गरिरहेको प्रहरीको भनाई छ ।
सुरक्षा निकाय, एम्बुलेन्स, दूध, खाद्यन्न, तरकारी जस्ता अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन गुडेका छन् । तर हिजोको तुलनामा आज निजी कार, जिप, मोटरसाइकल पनि निकै कम गुडेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















