धुलिखेल । काभ्रेमा दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रमले निर्धारित लक्ष्य हासिल गर्न सकेन । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार आठ स्थानीय तहका लागि १८ हजार ५ सय ९३ जना बालबालिकालाई खोप लगाउनुपर्ने लक्ष्य राखिएकोमा १३ हजार बालबालिकाले उक्त खोप पाएका छन् ।
काभ्रेमा चैत २ गतेदेखि १० गतेसम्म पहिलो चरणको लागि दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम गरेको थियो । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख झाका अनुसार पहिलो चरण अन्तर्गत भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
यसैबीच झाका अनुसार नगरपालिका तर्फ मण्डन देउपुरमा सबैभन्दा बढी ९२.४६ प्रतिशत बालबालिकाले खोप पाएका छन् । त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा बढी भुम्लु गाउँपालिकाका ७० प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
यस्तो छ पहिलो चरणको खोपको प्रगति

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।