काभ्रे । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजको विमानमा नेपाल फर्केका काभ्रेका थप ५ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका ४ जना धुलिखेलका रहेका र एक जनाको ठेगना पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए। बुधबार सम्पर्कमा आएका ३ महिला र २ पुरुष रहेको प्रजिअ तिमिल्सिनाले बताए ।
सम्पर्कमा आएका व्यक्तिले बताए अनुसार सबै अमेरिकाबाट कतार हुदै नेपाल आएका हुन् । अहिले उनीहरु घरमै सेल्फ क्वरेन्टाइन बसिरहेको र उनीहरुलाई टेकु अस्पताल लैजाने बिषयमा छलफल भइरहेको तिमिल्सिनाले जानकारी दिए ।
नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्ज्याङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए । यससँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेका ७ जना सम्पर्कमा आएका छन् । अन्नपूर्ण पोष्टबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















