धुलिखेल । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छन् । काभ्रेको धुलिखेल, बनेपाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनको पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने तयारी सुरक्षाकर्मीले गरिरहेका छन् । काभ्रेमा लकडाउनको पहिलो दिन प्रहरीद्वारा सम्झाउने कामहरु भएको थियो भने दोस्रो दिन ‘लक डाउन’लाई अटेर गर्ने १ सय ९७ कार्वाहीमा पक्राउ गरेर कार्वाही गरेको थियो ।
नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ । त्यसका लागि जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ ।
नेपाल प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

Comments

comments