• सुसन सापकोटा (विज्ञान)
चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले विदेशबाट आएका जोसुकै भएपनि क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले एक सूचना जारी गर्दै अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन् ।
कोरोना भाईरस बिदेशी मुलुकबाटै आएकोले नेपालमा आउने पर्यटक र बिदेशीहरु, बैदेशिक रोज्गारीमा जानेहरु, बिदेशमा अध्ययन गर्ने बिद्यार्थीहरु र अन्तर्राष्ट्रिय व्यापार ब्यावसाय गर्ने आदि लगयतका नेपाली एबं बिदेशिहरु ओहोर दोहरको माध्यमबाटै भित्रीएको हुँदा क्वारेन्टाइनमा बस्नुपर्ने अध्यक्ष गौतमले बताइएको छ । ‘क्वारेन्टाइनमा बस्न नमाने गाउँपालिका वा प्रहरीलाई खबर गर्न गाउँपालिकाबासीमा अनुरोध गर्दछु ।’ गौतमले भनेकाछन् ।
यस्तो छ सूचनाः
ज्यानमारा कोरोना भाईरस कोभिड–१९ ले यति बेला विस्व प्रताडित छ । मानव जाति भयभित छ । दिनैपिच्छे मानिस हरु मरिरहेका छन् । संक्रमन हाम्रो देशमा पनि भित्री सकेको पुष्टि भैसकेको छ । यो भाईरस बिदेसी मुलुकबाटै आएको हो भन्ने कुरामा हाम्रो सन्दर्भमा दुई मत हुनै सकिदैन ।
नेपालमा आउने पर्यटक र बिदेसीहरु, बैदेसिक रोज्गारीमा जानेहरु, बिदेसमा अध्ययन गर्ने बिद्यार्थीहरु र अन्तर्राष्ट्रिय व्यापार ब्यावसाय गर्ने आदि लगयतका नेपाली एबं बिदेशिहरु ओहोर दोहरको माध्यमबाटै भित्रीएको हुँदा बिदेसबाट हाम्रो गाउँपालिकाका सबै वडा कार्यलय, स्वास्थ चौकीहरु टोल टोलमा रहेका स्वयम् सेबिकाहरु लगायत सामाजिक अभियान्ताहरु शिक्षकहरु बिद्यार्थीहरु लगायत सबैले आ–आफ्नो वडामा बिदेशवाट आउनेहरु को को छन् ? उनीहरुको अवस्था कस्तो छ? सेल्फ क्वारेन्टाइनमा रहनु भएको छ की छैन ? यो सवै जानाकारी वाडा कार्यलय दर्ता गराउनु होला । र सम्झाइ बुझाइ होम क्वारेन्टाइनमा बस्न भन्नु होला । नमानेमा गाउँपालिका र सुरक्षानिकायमा खबर गर्नु होला ।
सबै वडाध्यक्ष ज्यु हरु सदस्य ज्यु हरु ले आ–आफ्नो वडावासीहरुलाई नेपाल सरकार र विस्व स्वास्थ संगठनले दिएको निर्देशन र निर्णयलाई कडाईका साथ लागू गर्नु हुन अनुरोध गरिन्छ ।
दिननाथ गौतम
अध्यक्ष, चौरीदेउराली गाउँपालिका, काभ्रे

Comments

comments