फाइल फोटो (संकेतिक तस्बीर)
धुलिखेल । काभ्रेमा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार काभ्रेमा ५८ सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो ।
बिश्वमा महामारीको रुपमा फैलिएका कोरोना भाईरसको यस जिल्लामा संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण तथा उपचारको प्रबन्ध गर्नका लागि गरेको लकडाउन प्रति वेवास्त गर्दै ती सवारी साधनहरु सञ्चालन गरेको थियो । डिएसपी थापाका अनुसार कार–५, बोलेरो गाडी–१, मोटरसाईकल–४५ र स्कुटर–७ गरी जम्मा ५८ वटा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएका प्रहरी टोलीले जिल्लाको बिभिन्न यरियाहरुबाट उक्त सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हिजो दोस्रोदिन १ सय ९७ सवारी साधन नियन्त्रणमा लिएको थियो । दोस्रो दिनको तुलनामा तेस्रो दिन कम नियन्त्रणमा लिएको देखिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।