काभ्रे । जिल्ला विपद् ब्यवस्थान समितिलाई काभ्रे रियलस्टेटले खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरस(कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरी त्यसको कार्यान्वयन र रोकथामका लागि क्वारेन्टाईन र आइसोलेशन स्थापना गरेर अगाडी बढिरहेको वेला काभ्रे रियल स्टेटले यसरी सहयोग गरेकोे हो ।
रियलस्टेटका अध्यक्ष सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई नेपाली सेनाका विष्णु दल गणका कर्णेल सुवास खड्काको उपस्थितिमा खाद्य सामग्री हस्तान्तरण गरिएका थिए ।
हस्तारण गरेका खाद्यननमा १७ बोरा चामल, १ बोरा नुन, २ बक्स तेल, १ बोरा आलु र २ बोरा मस्यौरा रहेको छ ।  सामग्री बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई प्राप्त सामग्री क्वारेन्टाईनमा बसेकाहरुलाई वितरण गर्ने बताए ।
काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले सिंगो मुलुक संकटमा परेको वेला आफ्नो तर्फबाट केही गरौं भन्ने उद्देश्यले उक्त सहयोग गरेको बताए । घर जग्गा कारोबार गर्ने रियलस्टेटले आज नै बनेपाको सिनागालमा बसिरहेका सुकुम्बासीहरलाई १३ बोरा चामल लगायत नुन, तेल र तरकारी वितरण गरिएको छ । सो क्रममा ति समुहमा रहेका दूई जना सुत्केरीलाई नगद पाँच हजार र एक हजार पाँच सय समेत प्रदान गरेको थियो ।
त्यस्तै बनेपाको चारदोबाटोमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको रोहबरमा चाउचाउ र पानीको समेत ब्यवस्था गरेको अध्यक्ष सन्देश लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।