धुलिखेल । कोरोना संक्रमित किशोरीसँगै एउटै विमानमा आएका काभ्रेका अर्का २ युवा सम्पर्कमा आएका छन् । ती दुईजना युवा आज (शुक्रबार) सम्पर्कमा आएका हुन् ।
कोराना भाइरस संक्रमण भएको पुष्टि भएकी किशोरीसँगै विमानमा फर्केका काभ्रेका दुई युवा मध्य बनेपा नगरपालिका–२ नालाका एक युवा रहेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन् । त्यसैगरि अर्का युवा भने धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका रहेको धुलिखेल नगरपालिकाका प्रेस संयोजक मोतिराम तिमल्सिनालो बताएका छन् । उनी धुलिखेल अस्पतालको सम्पर्कमा आएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिए ।
बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ।
उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइन मा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरी निर्णय भएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिएका छन् ।
यस अघि कोराना भाइरस संक्रमण भएको पुष्टि भएकी किशोरीसँगै विमानमा फर्केका काभ्रेका ७ जना सम्पर्कमा आएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















