काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिडा(१९० को चौथो संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यसको पुष्टि गरेका छन्। डा. देवकोटाका अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन्।
‘उनी धनगढी प्रादेशिक अस्पतालमा उपचाररत छन्’, देवकोटाले भने, ‘उनको अवस्था सामान्य छ। ३४ वर्षीय नेपाली पुरूषको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।’
आज पहिचान गरिएका चौथो संक्रमित गत ७ चैत (२० मार्च) मा भारतको दिल्ली हुँदै काठमाडौँ आएको पुष्टि भएको छ । तर उनी कुन उडान प्रयोग गरेर आए भन्ने जानकारी आइसकेको छैन् । तर काठमाडौँ आइसकेपछि एक दिन बसेर दोस्रो दिन उनी बुद्ध एयरबाट नेपालगञ्ज गएको र त्यसपछि उनले धनगढीसम्मको यात्रा बसबाट गरेको बुझिएको छ ।
यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















