-
खगेन्द्र हमाल
नेपालगञ्ज । नेपाल एयरलाइन्सको ट्वीनट्टर विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौँबाट गएको विमान अवतरणका क्रममा प्राविधिक समस्या देखिएपछि चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।
विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने भएन । कोरोना भाइरसको आशंकामा आइसोलेसनमा रहेका विरामीको नमुना लिन नेपालगञ्ज गएको विमान दुर्घटनामा परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा पाइलटसहित कति जना सवार थिए रु भन्ने खुलेको छैन । तर कोरोनाको नमुना लिन गएको विमानमा केही डाक्टर, केही प्राविधिक र पाइलटसहित झण्डै ५ देखि ८ जना हुन सक्ने अनुमान गरिएको छ ।
नमुना लिन गएको विमान दुर्घटनामा परेपछि अर्को विमान पठाउने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















