काठमाडौं । नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो।
बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङ निवासी ती १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। उनका अनुसार ती युवती अहिले चिकित्सकको निगरानीमा उपचार गरिरहेकी छन्।
देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो। उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ। यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो। उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।
फ्रान्सबाट आएकी युवती सवार जहाजमै थिइन् पाँचौं संक्रमित
गत चैत ४ गते कतारको दोहाबाट आएको कतार एयरवेजको जहाजमा सवार यात्रुमध्ये २ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते काठमाडौं ओर्लिएकी बागलुङकी १९ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण भएको हो। उनमा कोरोनाको पुष्टि जनस्वावस्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटा फ्रान्सबाट आएकी यसअघि संक्रमित काठमाडौंकी १९ वर्षीया युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया एक युवतीले एउटै उडानमा यात्रा गरेको पुष्टि गरे।
कतारको उक्त उडानको जहाजमा १५८ जना यात्रु आएका थिए। जसमा प्रहरीले १३३ जनालाई पहिचान गरी क्वारेन्टानइनमा बस्न लगाइसकेको छ। यही उडानमा आएका बागलुङका अर्का युवकमा भने कोरोना नेगेटिभ देखिएको थियो।
फ्रान्सबाट आएकी काठमाडौंकी युवतीको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा अहिले उपचार भइरहेको छ। बागलुङकी युवतीको पनि उपचार जारी रहेको जानकारी डा। देवकोटाले दिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।