खगेन्द्र हमाल
स्याङ्जा । छिमेकी राष्ट्र चिनबाट शुरु भएको कोरोना भाईरस संक्रमण विश्वब्यापि महामारीको रुपमा फैलिरहेको यस भयावह परिस्थितिमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिकाले यसबारेमा गम्भीर भएर जनचेतनामूलक कार्यक्रमहरु शुरु गरेको छ।नेपाल सरकार स्वास्थ्य मन्त्रालयले समेत देशभरी भेला, सभा सम्मेलन,महोत्सव लगायतका ठुलो भिडभाड कार्यक्रम नगर्न सार्वजनिक अपिल गरिरहेको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै कोरोना भाईरस संक्रमणबाट बच्न र बचाउनको लागि हरिनास गाउँपालिका क्षेत्रभित्र यस्ता कार्यक्रमहरु नगर्न निर्देशन दिएको छ।
कोरोना संक्रमणबाट आफू पनि बचौ अरुलाई पनि बचाउन नियमित सरसफाइमा ध्यान दिने,ठुलो भिडभाड हुने स्थल सभा सम्मेलनमा नजान र रुघाखोकी ज्वरोको संक्रमण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्यसस्थामा गएर आफ्नो स्वास्थ्य परिक्षण गराउन सबैलाई जानकारी दिएको गाउँपालिका अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमणले सिङ्गो देशवासी नै त्रसित भएको यस विषम परिस्थितिलाई ध्यानमा राखि कोरोना भाइरस संक्रमणवाट वच्न र वचाउनको लागि स्थानीय सरकार प्रमुखको नाताले गाउपालिका वासिहरुसङ्ग प्रत्येक दिन
पालिकाका साविक वडा टोल छिमेकमा नेपाल भन्दा वाहिरवाट आउनुभएका दाजुभाइ दिदीबहिनीहरुको नामथर , सम्पर्क नम्वर र नेपाल आएको मिति म्यासेज वक्समा पठाई ९८५६०३६४६८र९८०६५१५०२२ मा सम्पर्क गर्न सबैलाई जानकारी दिएको बताउनुभयो ।वाहिरबाट आउनुभएका बुवा आमा दाजुभाइ तथा दिदिबहिनीहरुले समाज तथा परिवारमा पनि स्वास्थ्य परिक्षण विना घुलमिल नहुन र होम क्वारेन्टाइनमा बसेर सहयोग गर्न सबैलाई जानकारी दिएको बताउनुभयो ।कोरोना भाईरस संक्रमणलाई लक्षित गरि नेपाल वाहिरवाट आउनुभएका सवैको घरघरमा पुगेर स्वयं अध्यक्ष लगायत स्वास्थ्यकर्मीहरु स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम शुरु गरेको जानकारी दिनुभयो ।
कोरोना भाईरसको संक्रमण रोक्न २०७६र१२र९ गते बसेको गाउँकार्यपालिका,गाउँपालिका विपद ब्यवस्थापन समिति तथा
सरोकारवालाको आकस्मिक सयुक्त बैठकबाट सो रोगको रोकथाम तथा नियन्त्रणको लागि १६,०००० रकम बजेट बिनियोजन गरेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।गाउँ पालिका स्थित तिनवटा स्वास्थ्य चौकी क्रमश क्याक्मी चित्रे भञ्ज्याङ्,र मग्याम चिसापानीमा तत्काल ५/५ बेडको आइसोलेसन कक्ष बेडसहित निर्माण गर्ने तथा भोजप्रकाश मावी हरिनास १ सालडाडा कालिका देउराली मावी हरिनास ५ कलवा देउराली र राधाकृष्ण मावी हरिनास ७ कमौसामा स्वास्थ्यकर्मी र तत्काल आवश्यक सामाग्री सहितको कक्ष स्थापना गर्ने र गाउँपालिका भित्र रहेका २ वटा एम्बुलेन्स आवश्यकता अनुसार परिचालन गर्नको लागि तयारी अवस्थामा राखिएको गापा अध्यक्ष मानन्धरले जानकारी दिनुभयो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















