काभ्रे । वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले जनसमुदायमा सचेत हुन र हतास नहुन अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि फैलिरहेको सन्दर्भलाई लिएर सांसल लम्सालले विभिन्न ७ बुँदामा जनसमुदायलाई अपिल गरेका हुन् ।
लम्सालले यो विपत्तिमा आफूले पाउने १५ दिनको पारिश्रममि बराबरको रकम सरकारले स्थापना गरेको विपत कोषमा जम्मा गर्ने बताएका छन् भने अर्को १५ दिनको पारिश्रमिक बराबरको रकम आफ्नो निर्वाचन क्षेत्रमा लक डाउनको समयमा साँझ बिहान मजदुरी गरि आफू र आफ्नो परिवार पाल्नु पर्ने ज्याला मजदुर र बिचल्ली परेकाहरुलाई खाद्यान्नको लागि सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत गरेका उनको अपिल यस्तो छः
Covid-19 को महामारीको विरुद्ध लडिरहेका सबैमा हार्दिक नमस्कार !
१) यो बिपत्तिमा मैले आफुले पाउने १५ दिनको पारिश्रमिक बागमती प्रदेश सरकारले स्थापना गरेको कोषमा सामुहिक योगदान गर्ने कुरा भैसकेको छ ।
२) अब १५ दिनको पारिश्रमिक मेरो निर्वाचन क्षेत्रमा लक डाउनको समयमा साँझ बिहान मजदुरी गरि आफू र आफ्नो परिवार पाल्नु पर्ने ज्याला मजदुर र बिचल्ली परेकाहरुलाई खाद्यान्नको लागि सहयोग गर्ने निर्णय गरेको छु ।
३) थाह छ यतिले पर्याप्त हँुदैन । जति सकिन्छ त्यति आ–आफ्नो ठाउँबाट केही गर्ने कोसिस मात्र हो । मनले मात्रै हुँदैन सहयोग गर्न सक्ने क्षमता पनि हुनुपर्छ ।
४) सहयोग गर्न इच्छुक साथीहरूलाई सहयोग गर्न विशेष अपिल गर्दछु । हामी मिलेर सोचौं, गर्न सकिने अझै के छ सुझाव अपेक्षा गर्दछु ।
५) लामो लकडाउनमा उपचार सँगै खाद्यान्नको अभाबले पनि थप समस्या हुनसक्छ ।
६)सामाजिक संजाल मार्फत यो बिपत्तिको समयमा म सम्पुर्ण नेपालीहरुमा आत्मबिश्वासी भएर धैर्यतापुर्बक र दृढसंकल्प साथ आधिकारिक सूचनाहरुलाई लिएर घरमा सुरक्षित बसौं । स्वास्थ्य समस्यालाई लुकाएर होइन नजिककैको स्वास्थ संस्थामा आफू र आफनो परिवारको सदस्यको जाँच गराउनु होला । सचेत भएर काम गर्ने हो हतासमा होइन ।
७) संघ, प्रदेश र स्थानिय सरकारले अघि सारेका योजनामा सहयोग हुने गरि लक्षित समुदायलाई सहयोगमा जुटौं ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।