काभ्रे । मानव जीवनलाई नै निकै घातक हुने भनिँदै आएको विश्व माहामारी रोग कोबिड १९(कोरोना)ले विश्वका सबै देशहरु संघर्ष गरिरहेका छन् । नेपालले सोही रोगबाट सुरक्षित अपनाउन पाँच दिन अघि गरेको लकडाउनको प्रभाव काभ्रेमा ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउनेहरुलाई गुजारा गर्न संकट पर्न थाले पछि काभ्रेका यूवा समाजसेवी सन्देश लामाले राहत वितरण गरेका छन् ।
उनले बनेपा आफ्नै घरबाट ४० जना मजदुरहरु तथा फालफूल बेचेर गुजारा गर्नेहरुका लागी प्रति परिवारलाई एक महिना पुग्ने गरि दैनिक उपभोग्य सामान वितरण गरेका छन् । उनले खाद्यान्न देखि नुन, तेल मसलासम्मका सबै उपभोग्य बस्तुहरु बितरण गरेका हुन् ।
अचानक आफूहरु घर जान पनि समस्या भएपछि उनीहरुले केही दिन त आफूसँग भएको सामाग्रीहरु खाएर दैनिकी चलाएका थिए भने केही फलफूलहरु कुहिएपछि उनीहरु के गर्ने भन्ने समस्याले ग्रसित थिए । आफूहरुसँग सञ्चीत केही रकम समेत नभएको र भएको पनि बैंक तथा बित्तीय संस्थाहरु बन्द भएपछि उनीहरुको समस्या जटिल बन्दै गएको थियो । बनेपाको सुन्दर गाउँमा रहेको ईटाभट्टामा काम गर्ने मजदुरहरु र बनेपामा फालफूल विक्रि गर्दै बस्ने ति परिवारहरुलाई उनले खाद्य सामाग्री दिएका हन् । राहत लिनेमध्ये अधिकांश मजदुरहरु दैनिक ज्याला गर्दै गुजारा चलाउने गर्दै आएको बताउँछन् ।
विपद् ब्यवस्थापन समितिलाई काभ्रेले कोरोना भाईरस(कोभिड–१९)को संक्रमण रोकथाम नियन्त्रणका लागि क्वारेन्टाईन र आइसोलेशन स्थापना गरेर अगाडी बढिरहेको वेला जिल्ला विपद् ब्यवस्थान समितिलाई क्वारेन्टाईनका लागि पनि लामाकै सक्रियतामा काभ्रे रियलस्टेटले खाद्यन्न सामग्री हस्तान्तरण गरेको छ । काभ्रे रियलस्टेटका अध्यक्ष समेत रहेका सन्देश लामा र प्रबन्ध निर्देशक शोभा लामाले काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई खाद्य सामग्री हस्तान्तरण गरिएको थियो ।
काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले सिंगो मुलुक संकटमा परेको वेला आफ्नोतर्फबाट केही गरौं भन्ने उद्धेश्यले उक्त सहयोग गरेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।