इकमान तामाङ
काभ्रे । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि खानीखोला गाउँपालिका प्रत्येक वडामा क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । गरेको छ । ७ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा रहेका माध्यमिक विद्यालयहरुलाई क्वारेन्टाइन कक्ष बनाएको हो ।
प्रत्येक वडामा हेल्थ डेस्क
गाउँपालिकाको प्रत्येक वडामा हेल्थ डेस्क निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालका अनुसार ७ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुमा हेल्थ डेस्क निर्माण गरेको हो ।
खानीखोला गाउँपालिका प्रवेश गर्ने मकवानपुर र काभ्रेको सिमानाको सिक्रे दोभानमा पनि एक साताको लागि हेल्थ डेस्क सञ्चालनमा रहेका अध्यक्ष खुलालले जानकारी दिए ।
‘खानीखोला–१ को धार्नेमा हेल्थ डेस्क स्थापना गरेका छौं र नजिकै रहेको धार्नेज्योति माध्यमिक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने, वडा नं. २ को फलामेटार स्वास्थ्य चौकीमा हेल्थ डेस्क सञ्चालन गरेका छौं र नजिकै रहेको बालविकास माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाएका छौं ।’ अध्यक्ष खुलालले भने, ‘त्यसैसैगरी वडा नं. ३ को भृकुटी माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने, वडा नं. ४ को डाँडागाउँ स्वास्थ्य चौकी र जगथलीमा हेल्थ डेस्क स्थापना भएको छ। जगथलीकै कुमारी माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ भने वडा नं. ५ को ताल्ढुंगामा हेल्थ डेस्क स्थापना गर्दै जनविकास माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ।’
उनका अनुसार वडा नं. ६ को साल्धारा स्वास्थ्य चौकीमा हेल्थ डेस्क निर्माण भएको छ भने शारदा माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना हुने भएको छ। वडा नं. ७ को मिल्चे स्वास्थ्य चौकीमा हेल्थ डेस्क स्थापना गरिएको छ। यहाँकै बुद्ध माध्यमिक विद्यालयलाई क्वारेन्टाइन कक्ष बनाउने निर्णय भएको छ।
विदेशबाट आउनेको तथ्यांक संकलन गर्दै
यसैबीच गाउँपालिकाले विदेशबाट आउनेहरुको तथ्यांक संकलन थालेको छ। गाउँपालिका अध्यक्ष खुलालका अनुसार उनीहरुको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा पठाउन गाउँपालिकाले तयारी थालेको छ।
उनीहरुलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको खण्डमा गाउँपालिकाको एम्बुलेन्समार्फत् टेकु अस्पताल लैजाने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ। ‘त्यस्तो लक्षण देखा पर्ने बिरामी देखिएमा गाउँपालिकाले एम्बुलेन्समार्फत् अस्पताल र्पुयाउने निर्णय गरेको छ’ अध्यक्ष खुलालले भने ।

Comments

comments