पनौती । कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि काभ्रे जिल्लाको पनौती नगरपालिकाले विभिन्न क्रियाकलापहरु गरेको छ । आधारभूत रुपमा तयारीमा जुटेका पनौति नगरपालिकाले क्वारेन्टाईन कक्ष स्थापना देखि Disinfection spray सम्मको काम गरेको छ ।

पनौती नगरपालिका स्वास्थ्य शाखाका अनुसार पनौतीमा प्राथमिक स्वस्थ्य केन्द्र खोपासीमा १० बेडको क्वारेन्टाइन तयार गरिएको छ भने विदेशबाट आएकाहरुको विवरण संकलन तथा क्वारेन्टाइनमा राख्ने काम भएको छ । नगरपालिका भित्रमा हालसम्ममा ९५ जना व्यक्तिहरु विदेशबाट आएको विवरण रहेको छ ।

अहिलेसम्म के–के कृयाकलाप भए त पनौतीमा ?
पनौती नगरपालिका स्वास्थ्य शाखाले कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरिएको रणनीतिक क्रियाकलापहारुः

१. हाल सम्म ९५ जना विभिन्न देशबाट आउनु भएका ब्यक्तिहरुको नपा सँग अभिलेख छ।
२. उहाँहरुसँग नगरपालिका नियमित अनुगमन तथा सम्पर्कमा रहि स्वास्थ्य विवरण लिइएको साथै आवश्यक्ता अनुसार स्वास्थ्य जाँच गरिएको छ।
३. सेल्फ क्वारेन्टाइनमा बस्न र क्वारेन्टाइन नियम पालना गर्न परिवारलाई समेत स्वस्थ्यकर्मी तथा जनप्रतिनिधिबाट परामर्श गरिएको ।

४. न.पामा उपलब्ध एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराइएको ।
५. प्राथमिक स्वस्थ्य केन्द्र खोपासिमा १० बेडको क्वारेन्टाइन तयार गरिएको ।
६. पनौती–७ स्थित रंगशाला कभर्ट हलमा तुरुन्तै शुरु गर्न सकिने गरि ४० बेडको तयारी हालतमा रहेको स्वास्थ्यकार्मी र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधि उपकरणको तत्कालका लागि अत्यावश्यक ब्यबस्थापन गरिएको ।
७. बिगत ४ दिन देखी म्ष्कष्लाभअतष्यल कउचबथ वडा नं. ७, १०, ११, ६, ८, १२, २, ३, १, ५ सम्म सम्पन्न भएको र बाँकी वडाहरुमा क्रमश गर्दै जाने ब्यहोरा जनाकारी गराउँदछौं ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















