तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७, मेट्वालमा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेको छ । हिजोे (सोमबार) राति आफ्नै घर मुनीको एक रुखमा उनलाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्सपेक्टर धर्मजंग थिङले तेमाल अनलाईनलाई बताएका छन् ।
झुण्डिएर मृत्यु हुनेमा सोही तेमाल गाउँपालिका वडा नं. ७, मेटवाल निवासी ४८ वर्षिय मिमबहादुर तामाङ रहेको इन्पेक्टर थिङले जानकारी दिए ।
‘राती करिब १२ बजेतिर हामीले थाहा पायौं । मृतक घरदेखि एकसय मिटर मुनि सडक माथिको रुखमा झण्डिएको अवस्थामा फेला पारेको हो ।’ इन्स्पेक्टर थिङले भने, ‘यो घट्नाको सन्दर्भमा हामील्े अनुसन्धन गरिरहेका छौं ।’
आज विहान मुचुल्क उठाउने काम भएको वडा नं. ७ का वडा अध्यक्ष एवं तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले जानकारी दिए । वडा अध्यक्ष तामाङका अनुसार ज्याला मजदुरी गर्ने मृतक तामाङ गाउँमा सोझो व्यक्तिको रुपमा चिनिन्थ्यो ।
मृतक तामाङको शव पोष्टमार्टमको लागि बनेपाको शिरमेमोरियल अस्पतालमा पठाइएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।