रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. १, राकाथुममा बोलेरो गाडी दुर्घट्ना हुँदा २३ जना घाइते र १ जनाको मृत्यु भएको छ । दोरम्बा गाउँपालिका–टोकपुरतर्फ जाँदै गरेको बलेरो गाडी आज विहान (मंगलबार) राकाथुमस्थित माझी गाउँमा दुर्घट्ना भएको हो ।
विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनको अबधिमा प्रशासनको अनुमति लिएर उक्त गाडी त्यस तर्फ गएको थियो ।
रामेछाप जिल्लामा रातीको समयमा सवारी साधन भित्रने गरेका छन् ।
बा १४ च ९४९८ बलेरो गाडी राकाथुमको माझी गाउँमा दुर्घटना हुँदा संगीता पहरीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बिहानै झिसमिसेमै दुर्घटना भएपछि स्थानीयले ढिलो गरी मात्र थाहा पाएका थिए । ठूलो आवाज आएपछि सिन्धुलीको नेपालथोकका स्थानीयले सोधीखोजी गरेका थिए ।
रामेछापका स्थानीय कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न आउने क्रममा माझी गाउँस्थित सुनकोसी नदीको किनारामा यात्रुहरु चिच्याएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी लुभुका असई भुपेन्द्र खड्काले स्थानीयले गाडी दुर्घटनामा परेर यात्रुहरु चिच्याउदै गरेको खबर गएपछि उद्धारमा जुटेको जानकारी दिए ।
दुर्घटना भएको खबर थाहा पाएपछि स्थानीयवासीको सहयोगमा उद्धार गरेर घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको असइ खड्काले बताए ।
खैरेनीघाटको पुलबाट मध्ये पहाडी लोकमार्गबाट राकाथुमतर्फ लाग्ने क्रममा गाडीको अगाडि पट्टीको पांग्रा नकाटिएपछि गाडी दुर्घटना भएको चालकलाई उदृत गर्दै असइ खड्काले बताए ।
अहिले घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको नेपपा रामेछापका नेता एवं वागमती प्रदेश सदस्य टंकलाल घिसिङले जानकारी दिए । ‘घाइतेहरुको अहिले धमाधम धुलिखेल अस्प्तालमा उपचार भइरहेको छ ।’ नेता घिसिङले भने, ‘घाइतेको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनसँग कुराकानी गरेकाछौं ।’
घाइते विवरण यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















