काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमित चार जनाको अवस्था कस्तो होला ? यो सबै नेपालीको मनमा उब्जेको प्रश्न हो । सबैले जान्न चाहेको र बुझ्न चाहेको विषय अहिले यही नै हो । सम्बन्धित अस्पतालका अनुसार चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दिए ।
उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौकी १९ बर्षिया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । दुवै जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए ।
यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ बर्षिय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए । उनले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरुको पनि निगरानी गरिरहेको जानकारी दिए । उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार भइहेको छ ।
यसैगरी गत चैत ४ गते बेल्जियम बाट नेपाल आएकी वाग्लुडकी १९ बर्षिया युवतीको पनि स्वास्थ्य अवस्था पनि सामान्य रहेको र पहिलेको भन्दा सुधार रहेर सामान्य अवस्थामा आएको धौवलागिरी अस्पताल वाग्लुङ मेडिकल सुपरीटेन्डेट डा. शैलेन्द्र विके पोखरेलले जानकारी दिए ।
ती युवतीसंगै पोखरा गएका र उनीसंग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौ पठाइसकेको उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















