धुलिखेल । काभ्रेमा खाद्यान्न, ग्याँस लगायतका अन्य दैनिक उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई सहज बनाउने भएको छ । आज (मंगलबार) जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीको अध्यक्षतामा बसेको एक बैठकले उक्त निर्णय गरेको हो ।
कोभिड–१९ को विरुद्धको अभियानमा देशव्यापी रुपमा लकडाउनको विद्यमान अवस्थामा अन्तर निकायगत समन्वय गरि जिल्लामा आपूर्ति हुँदै आएको खाद्यान्न, ग्याँस लगायत अन्य दैनिक उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई सहज बनाउन १० वटा निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिए ।
प्रमुख केसीका अनुसार दैनिक उपभोग्य खाद्य बस्तुको आपूर्ति नियमित तथा सहज बनाउन सबै स्थानीय तहहरुले नेतृत्व लिने निर्णय हुनेको साथै सामान विक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने मापदण्ड स्थानीय तहले नै बनाउन निर्देशन दिएको बताए ।
बैठकमा ७ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ६ नगरपालिकाका प्रमुख, उप्रमुख, राजनीतिक दलका नेताहरु, जिल्ला स्थित प्रशासन र सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी संघंस्थाका प्रमुखहरुको सहभागीता रहेका थिए ।
यस्तो छ निर्णयहरुः


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















