तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तिब्र बनाएको छ । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको विषयमा जनचेतना जगाउने देखि लिएर स्वास्थय चेकजाँचसम्मको काम टोल–टोलमा भइरहेको तेमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए ।

शाखा प्रमुख पाठकका अनुसार सार्वजनिक विदामा पनि स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था खोली २४ सै घण्टा सेवा दिइरहेको छ ।

‘सार्वजनिक विदामा पनि स्वास्थ्यकर्मी साथीहरु स्वास्थ्य संस्था खोली २४ सै घण्टा सेवा दिइरहेका छन् ।’ पाठकले भने, ‘हामीले सबै स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधिको व्यवस्था समेत गरेका छौं । स्वास्थ्य संस्थामा निःशुल्क आउने ३५ प्रकारका औषधी बाहेक थप १५ प्रकारका औषधिहरुको समेत व्यवस्था गरेको छौं ।’

प्रत्येक दिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु टोल–टोलमा पुग्ने गरेको उनले बताए । ‘हामी जनतालाई प्रत्यक्ष रुपमा भेटेर या माइकीङ मार्फत कोरोनाबारे सचेतना जगाउँदै पनि हिंडेका छौं ।’ पाठकले भने, ‘जनता सजक, सचेत नै देखिन्छ ।’

 

विदेशबाट आएकाहरुलाई विशेष निगरानीमा राखेको उनले जानकारी दिए ।

तेमाल गाउँपालिकाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरेका कामहरुः
१. सार्वजनिक विदामा पनि स्वास्थ्य संस्था खोली २४ सै घण्टा सेवा दिएको ।
२. पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा हेल्थ डेस्क सञ्चालन गरेको ।
३. १९ बेडको क्यारन्टाई कक्ष सञ्चालनमा ल्याएको ।
४. पर्याप्त मात्रामा औषधिको व्यवस्था गरेको (स्वास्थ्य संस्थामा निःशुल्क आउने ३५ प्रकारका औषधी बाहेक थप १५ प्रकारका औषधिहरुको समेत व्यवस्था गरेको ।
५. पिपिई सेटको व्यवस्था गरेको ।
६. एम्बुलेन्स तयारी अवस्थामा राखेको ।
७. विदेशबाट आएका व्यक्तिहरुको दैनिक रेकर्ड तथा निजको स्वास्थ्य अवस्थाबारे निगरानी राखेको ।
८. आर.आर.टी परिचालित भएको ।
९. तेमाल गाउँपाकिलामा रहेका ४५ जना स्वास्थयकर्मीहरु परिचालित भएको ।
१०. तेमाल गापा पूर्णरुपमा लकडाउन गरेको ।
११. कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी सहित तेमाल गाउँपालकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगागतका जनप्रतिनिधिहरु परिचालित भएको ।
शिवहरी पाठक
स्वास्थ्य संयोजक

Comments

comments