काभ्रे । हरेक वर्ष चैत्र २५ गते बौद्धनाथमा हुँदै आएको तेमाल जात्रा यसपटक स्थगित गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्न तथा रोकथाम गर्नको लागि भन्दै वागमती प्रदेश सभा सदस्य सांसद छिरिङदोर्जे लामाको उपस्थितिमा भएको बैठकले जात्रा स्थगित गरेको हो ।
बैठकले विश्वव्यापी महाभारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण तथा रोकथाम गर्ने हेतुले नेमाल सरकारले लागु गरेको लक डाउनको कारण चैत्र २५ गते हुने जात्रा नमनाइने निर्णय गरेको सांसद लामाले जानकारी दिए ।
सो दिन संयुक्त पूजा गरिने निर्णय समेत गरेको लामाले बताए । ‘पितृहरुको जात्रामा दिवंगत पितृको स्मरणमा दिप प्रज्वलन गरि ङोवा गर्ने प्रचलन रहेका हुनाले बौद्ध स्तुपामा विधिवत पूजा मात्र गर्ने निर्णय गरेको छ ।’ उनले भने, ‘सोका लागि पितृहरुको नाम टिपाई संयुक्त पुजा गरिने भएको हुँदा पितृ पूजा गर्नुहुने भक्तजनहरुले फोन नं. मा सम्पर्क राखी आफ्नो पितृको नाम लेखाउने भनि निर्णय भएको छ ।’
तेमाल काभ्रे जिल्लामा पर्दछ । यद्यपि तेमाल जात्रामा नेपाल भरिका तामाङ समुदायको सहभागीता हुँदै आएको छ । सो जात्रामा पूजामात्र नभएर तामाङ फापर दोहोरी समेत चल्ने गर्दछ ।
यस्तो छ निर्णयः

विगत वर्षमा जस्तौ काठमाडौं महनगरपालिका वडा नं. ६ स्थित विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपामा मनाइने तामाङ समुदायको धामिर्क तथा साँस्कृतिक बौद्ध तेमाल जात्रा विश्वव्यापी महाभारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण तथा रोकथाम गर्ने हेतुले नेमाल सरकारले लागु गरेको लक डाउनको कारण चैत्र २५ गते हुने जात्रा नमनाइने । यस जात्रामा दिवंगत पितृको स्मरणमा दिप प्रज्वलन गरि ङोव गर्ने प्रचलन रहेका हुनाले बौद्ध स्तुपामा विधिवत पूजा मात्र गर्ने सोका लागि पितृहरुको नामटिपाई संयुक्त पुजा गरिने भएको हुँदा पितृ पूजा गर्नुहुने भक्तजनहरुले निम्न फोन नं. मा ससम्पर्क राखी आफ्नो पितृको नाम लेखाउने भनि निर्णय गरियो ।
१. बौद्धनाथ क्षेत्र विकास समितिः ०१४४८९२५७
२. बौद्ध तामाङ कल्याण गुठी– ९८४११९५०१४
३. बौद्ध घ्याङ गुठी– ९८१८२८९४६५