तेमाल । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्न तथा रोकथाम गर्नको लागि तेमालका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री उपलब्ध गराउने क्रम जारी रहेको छ । आज (बुधबार) तेमाल गाउँपालिका वडा नं. ५ मा रहेको पोखरी नारायणस्थान स्वास्थ्य चौकीको लागि केही स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । अध्यक्षले हस्तान्तरण गरेका सामग्रीहरुमा २ थान पिपिई, सनिटाइजर, पञ्जा, सावुन लगायतका रहेको छ ।
कोरोना भाइरस संक्रमण र रोकथामको बिरुद्ध अभियान चलाइरहेको तेमाल गाउँपालिकाले स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सामग्रीहरु तत्कालै वितरण गरिने तेमाल गाउँपालिकाका स्वास्थय शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















