खगेन्द्र हमाल
सुर्खेत । जिल्ला स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा )चिङ्गाड गाउँ संगठन कमिटीको पहलमा एक घर एक सानुन कार्यक्रम सञ्चालन गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा जनचेतनाको लागि पार्टीको तर्फबाट एक घर एक हात धुने साबुन कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाबाट वितरित पर्चा समेत वितरण गरि आज वडा नं ५ अवलचिङ्गबाट शुभारम्भ गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा सावधानी सतर्कता अप्नाउनको लागी चिङ्गाड गाउँपालिकाका सबै वडाहरुमा एकघर एक साबुन बितरण गर्ने कार्य आज वडा न. ५ अवलचिङ्गबाट शुभारम्भ गरेको कर्णाली प्रदेश कमिटी सदस्य तथा नेकपाका प्रभावशाली नेता जित बहादुर राना(रन्जित)ले जानकारी दिए ।
नेता रानाले पालिकाका सबै वडाहरुमा जनचेतना फैलाउन र कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन चिङ्गाड गाउँ संगठन कमिटीले यस्तो पहल गरेको नेता रानाले बताए । साविकका सबै वडाहरुमा भारतलगायतका ठाँउबाट आएका नागरिकहरुको प्रत्यक्ष निगरानी तथा त्यस्ता ब्यक्तिहरुलाई कम्तीमा १५ दिनसम्मा क्वारेन्टाइनमा बसेर विश्व महामारीका रूपमा फैलिएको कोरोना भाईरसको यस भयावह जटिल अवस्थामा आफ्नो र अरुको जिवन रक्षाको निम्ति सहयोग गरिदिन हुन सम्पुर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरुलाई अनुरोध समेत गरेका छन् ।
‘विश्व संकटमा परिरहेको यस दुस्खद परिस्थितिमा सम्पुर्ण चिङ्गाडबासी एकजुट भएर अगाडि बढ्न अनुरोध गर्न चाहन्छु ।’ उनले भने, ‘सरकारले देशब्यापिरुपमा लकडाउन गरेको यस परिस्थितिमा दैनिकी ज्यालादारी काम गरेर घरपरिवार पाल्न बाध्य नागरिकहरुका लागी बिशेष राहत प्याकेजको व्यवस्था गर्ने निर्णय गरेका छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।