बनेपा । सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनलाई अटेर गर्ने काभ्रेको व्यस्त शहर बनेपमा ७५ जना नियन्त्रणमा लिएको छ । आज विहान (लकडाउनको दशांैदिन) उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेकटर योगन्द्र तिमल्सिनाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले जिल्ला भरका आफ्नो युनिटलाई लकडाउनको उल्लंघन गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन निर्देशन दिएको छ । नियन्त्रणमा लिएकालाई बनेपा बसपार्कमा राखेर स्वास्थ्य परिक्षण समेत गरेको छ । साथै कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणकोबारेमा जानकारी गराएको प्रहरीले बताएको छ । ‘उनीहरुलाई तीन घण्टा क्लास दिएर छोडेका छौं ।’ इन्स्पेक्टर तिमिल्सिनाले बताए ।

लकडाउन लम्बिदै गएपछि अटेर गर्नेको संख्या पनि बढेको छ । सवारी साधन पनि अलि बढी नै चलेको देखिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।