महाभारत । काभ्रे जिल्लाको महाभारत सरकार (गाउँपालका) कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि टोल–टोलमा अभियान लिएर पुगेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), उपाध्यक्ष चेतकुमारी माझी, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्ट, सम्बन्धित वडाका वडा अध्यक्षहरु, वडा सदस्यहर यो अभियानमा जुटेका हुन् ।

२ सय भन्दा बढी टोलमा अभियान
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण अभियान महाभारत गाउँपालिकाको २ वटा टोलमा पुगेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले तेमाल अनलाइनलाई जानकारी दिए । ‘यस गाउँपालिकाको ८ वटा वडामै हामी पम्प्लेट, पोस्टर र माइकीङ गर्दै जनचेतनाका कार्यक्रमका सथामा पुगेका छौं ।’ अध्यक्ष जिम्बाले भने, ‘गाउँपालिका भित्रको मुख्य–मुख्य टोलमा पुगेका छौं । आजसम्ममा करिब सय वटा भन्दा बढी टोलमा स्वास्थ्यकर्मी सहित पुगेका छौं ।’

स्थानीय साधनस्रोतलाई विशेष जोड
अध्यक्ष जिम्बा अनुसार महाभारत गाउँपालिकामा ३५ वटा बेड सहितको क्यारेन्टाइन कक्षको निर्माण सम्पन्न भएको छ । ३५ मध्यमा २० वटा बेड स्थानीय साधनस्रोतको उपयोग गरि निर्माण गरेको जिम्बाले जानकारी दिए । ‘अहिलेसम्म ३५ वटा क्वारेन्टाइन कक्ष निर्माण गरेका छौं । अब यो सबै तयारी अवस्थामा छ ।’ उनले भने, ‘क्वारेन्टाइन निर्माण गर्दा स्थानिय साधन स्रोतको उपयोग गर्नमा विशेष जोड दिएका छौं । करिब २० वटा बेड स्थानीय साधनस्रोतको उपयोग रि निर्माण गरेका छौं ।

विदेशबाट आएका १५ जना सम्पर्कमा
महाभारत गाउँपालिकामा चैत्र यता विदेशबाट आएर सम्पर्कमा आएको संख्या १५ पुगेको छ । प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टका अनुसार चैत्र महिनामा ३ जना र फागुन महिनामा १२ जना सम्पर्कमा आएका हुन् । ‘सम्पर्कमा आएका सबैजनालाई क्वारेन्टाइनमा राख्यौं । नियमित स्वास्थ्य जाँचको व्यवस्था पनि हामीले गर्‍यौं ।’ प्रमुख प्रशासकिय अधिकृत विष्टले भने, ‘उहाँहरुको स्वास्थयमा त्यस्तो कुनै समस्या आएको देखिएन ।’

क्वारेन्टाइन कहाँ कति ?
महाभारत गाउँपालिकाले क्वारेन्टाइन कक्ष निर्माण गर्ने क्रम जारी रहेको छ । गाउँपालिका प्रवक्ता रविन मोक्तानका अनुसार वडा नं. ४ स्थित महादेवटारका महासिद्धि प्राविमा ८ बेड, वडा नं. ५ को चारकिल्लामा रहेको नयाँ वडा कार्यालयमा ६ बेड निर्माण सम्पन्न भएको छ । त्यसैगरि वडा नं. ६ मा ७ बेडको, वडा नं. ८ , १ र २ मा गरि १४ बेडको क्वारेन्टाइन निर्माण भइसकेको छ ।

स्वास्थ्य सामग्री एक चौथाई मात्र
महाभारत गाउँपालिकामा स्वास्थ्य सामग्रीको अभाव रहेको स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले बताएका छन् । उनका अनुसार औषधी पर्याप्त रहेपनि स्वास्थ्यकर्मीलाई चाहिने आधारभूत सामग्रीहरु पिपीई, थर्मल गन, मास्क आदि धेरै कम रहेको छ । ‘औषधि प्रत्येक स्वास्थ्य संस्थामा पर्याप्त छ । पिपीई, सर्जीकल मास्क, इनफरेट थर्मोमिटर (थर्मल गन) आदिको कमी छ ।’ स्वास्थ्य प्रमुख विष्टले भने, ‘पिपिई कम्तिमा ५० वटा आवश्यकता छ तर हामीलाई १३ वटा मात्र प्राप्त भएको छ । थर्मल गन कम्तिमा १५ वटा आवश्यकता छ तर हामीलाई ३ वटा मात्र प्राप्त भएको छ ।’

१६ सय भन्दा बढीको स्वास्थय जाँच
महाभारत गाउँपालिकाले पालिका छिर्ने मुख्या नाका बुढाखानी डाँडामा हेल्थ डेस्कको स्थापना गरेको छ । स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार चैत्र १० गतेदेखि हालसम्म १६ सय जना भन्दा बढीको स्वास्थ्य जाँच गरेको छ । ‘बुढाखानी डाँडामा हेल्थ डेस्क चैत्र १० गतेदेखि शुरु गरेका हौं ।’ विष्टले भने, ‘एकजना स्टाफ नर्स र एकजना अहेब सहित २ जना स्वास्थ्यकर्मीले नियमित रुपमा स्वास्थ्य जाँच गरिरहेको छ । हालसम्ममा १६ सय जनाको स्वास्थ्य परिक्षण गरिसकेका छौं ।’

अध्यक्ष सहितको टोलीले पनि स्वास्थ्य परिक्षण
हेल्थडेस्कमा मात्र होइन अभियानको क्रममा टोल–टोलमा समेत स्वास्थ्य जाँच गरिएको थियो । अध्यक्ष जिम्बा सहितका टोलीले टोल–टोलमा पनि परिक्षण गरेको स्वास्थ्य शाखा प्रमुख विष्टले जानकारी दिए । उनका अनुसार वडा नं. २ को स्याप्ले डाँडा, मोक्तान टोल, रजेडाँडा, वडा नं. ४ को सालिने, महाभारत गाउँपालिकाको केन्द्र देवीटार, वडा नं. ७ को विसौनी डाँडा लगायतका अन्य ठाउँमा स्वास्थ्य परिक्षण गरिको थियो ।

Comments

comments