सिन्धुली । दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीले कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले पठाएको २५ सय मास्कमा १५ सय आएको भन्दै १ हजार मास्क घोटाला गरेका छन् ।
वडाध्यक्ष पहाडीले संकटमा पठाएको १ हजार मास्क नै गायब गरेपछि नगर प्रमुख घनश्याम राउतले कार्यपालिकाका सदस्य समेत रहेका दुधौली १ कै डिल्ली बहादुर भुजेल मार्फत सबै टोलमा टोल सुधार समिति मार्फत वितरण गरिएको थियो । भुजेल नेतृत्वमा वितरण गरिएको मास्क साविक हत्पते ७ मा ४०० थान, हत्पते ८ मा ८०० थान, हत्पते ९ मा ७०० थान र हत्पते १ मा १०० थान वितरण गरिएको थियो ।
एकैपटक एउटै गाडी मार्फत मास्क बुझेका दुधौली नगरपालिका वडा नं। २ का वडाध्यक्ष रितेश राउतसँग कुराकानी गर्दा उनले भने, “एउटै गाडीमा समान साइजमा पठाइएका मास्कका पोकाहरुमध्ये १ को वडाध्यक्ष गोविन्द पहाडीले रोजेर लानुभएको हो । मैले ल्याएको पोकामा २५ सय मास्क हुदाँ उहाँको पोकामा १५ सय मात्र रहेछ भनेको सुन्दा मलाई आश्चर्य लागेको छ ।”
दुधौली नगरपालिका बहुसंख्यक वडाहरुमा साविक नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन जित्दा समेत कांग्रेसले जितेको वडा नं १ का वडाध्यक्ष तथा नेपाली कांग्रेस सिन्धुलीका कोषाध्यक्ष समेत रहेका गोविन्द पहाडीको मास्क काण्डपछि कांग्रेसको भविष्य धरासायी भएको कांग्रेसकै कार्यकर्ताले बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।