पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकाले ज्यालादारी, विपन्न र मजदुरलाई राहत वितरण शुरु गरेको छ । आज (विहिबार) नगरपालिकाकी उपमेयर गीता बञ्जाराले वडा नं. १, रयालेबाट शुरु गरेकी हुन् ।
कोरोना भाइरस संक्रमण र रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण विपन्न वर्गको दैनिकी सकास बनेको थियो । यसै कुरालाई मध्य नजर गर्दै पनौनी नगरपालिकाले राहत वितरण गरेको बताइएको छ ।
केन्द्र सरकारले ज्यालादारी, विपन्न र मजदुरहरुलाई मापदण्ड बनाइ राह प्याकेजको घोषणा गरेसँगै पनौती नगरपालिकाले वडा नं. १ बाट शुरु गरेको उपमेयर बञ्जाराले बताईन् ।
बञ्जाराका अनुसार आज १० परिवारलाई सरकारले तोकिएको मापदण्ड अनुसारको राहत सामग्री उपलब्ध गराएको छ । १० परिवार मध्य ६ परिवारलाई प्रति परिवार १० केजी चामल र अन्य अत्यावश्यक सामग्री र ४ परिवारलाई प्रति परिवारलाई १५ केजी चामल र अन्या अत्यावश्यक सामग्रीहरु वितरण गरेको थियो ।
सरकारले ४ जनासम्मको परिवारलाई प्रतिपरिवार १० केजी र सो भन्दा बढी संख्या भएको परिवारलाई प्रति परिवार १५ केजी चामल दिने मापदण्ड तोकिएको थियो ।
उनीहरुलाई १७ थरीको अत्यावश्यक खाद्यन्न सामग्री वितरण गरेको वडा अध्यक्ष गुणनाथ सापकोटाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















