धुलिखेल । काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहिबार लकडाउनको दशौं दिनमा लकगडाउन उल्लंघन गर्दै हिंड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
बिश्वमा हामारीको रुपमा फैलिएको (कोभिड–१९) संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण तथा उपचारको प्रबन्ध गर्नका लागि प्रहरीले कडाइ गरेपनि काभ्रेमा उल्लंघन गर्न रोकिएको छैन । डिएसपी थापाका अनुसार जिल्ला अनुगमनको टोली, जिल्ला प्रहरी कार्यालय, काभ्रे तथा मातहतबाट खटिएका प्रहरी टोलीले यस जिल्ला स्थित बिभिन्न वडा यरियाहरुबाट निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई कोरोना भाइरस सम्बन्धी सचेतना दिई छोडिएको थापाले जनाएको छ ।
डिएसपी थापाका अनुसार काभ्रेमा मानिस १०६ जना, सवारी विभिन्न साधनहरु १२ वटा नियन्त्रणमा लिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।