बनेपा । काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसाय संघले बनेपा नगरपालिका ६ रेडक्रसमा रहेका क्वारेन्टाइनका लागि चाहिने बस्ने ओछ्याउने हस्तान्तरण गरेको छ । बिहीबार काभ्रे जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंलाई सामग्री हस्तान्तरण गरिएको हो ।
सो क्रममा १० वटा बेडलाई आवश्यक पर्ने बस्ने, ओछ्यान, सिरक, डस्ना, तन्ना लगायतका सामग्री काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालु, होटल महासंघ नेपालका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ लगायतले सहायक प्रमुख जिल्ला अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
होटल महासंघ नेपालका केन्द्रीय सदस्य श्रेष्ठका अनुसार आगामी दिनमा पनि होटल व्यवसायीहरूले देशलाई संकट परेको बेला सकेको सहयोग गर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















