नमोबुद्ध । संघीय र वागमती प्रदेश सांसदहरुले नमोबुद्ध नगरपालिका वडा नं. ७ स्थित भकुण्डेमा निर्माण गरेको क्वारेन्टाइन कक्षको निरिक्षण गरेका छन् ।

आज शुक्रबार संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज) र वागमती प्रदेश सांसदद्वय चन्द्र लामा र रत्न ढकालले मेथिनकोट अस्पताले निर्माण गरेको क्वारेन्टाइन कक्षको निरिक्षण गरेका हुन् ।

नमोबुद्ध नगरपालिका र मेथिनकोट अस्तालले संयुक्त रुपमा निर्माण गरेको उक्त क्वारेन्टाइन कक्ष १२ बेटको रहेको छ । शुरुमा आइसोलेसन कक्षको रुपमा निर्माण गरेको उक्त कक्ष मापदण्ड नपुगेको भन्दै क्वारेन्टाइन कक्षमा रुपमान्तरण गरेको मेठिनकोट अस्पतालका प्रमुख डा. रामशरण श्रेष्ठले जानकारी दिए ।

सांसदहरुको साथमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा, वडा अध्यक्षहरु समेत सहभागीता रहेका थिए । निरिक्षणमा सांसद बमध्वजले क्वरेन्टाइन कक्ष र अस्पतालको तयारीकोबारेमा चासो व्यक्त गरेका थिए ।
अस्पतालमा अहिलेसम्म कोरोना भाइरससँग लक्षण मिल्ने विरामी नआएको डा. श्रेष्ठले सांसदहरुलाई जानकारी दिएका थिए ।

डिजीटल एक्सरेको माग
मेथिनकोट अस्पतालमा एनलक एक्सरे मेशिन भएकोले कार्यसम्पादनमा समस्या आएको प्रमुख डा. श्रेष्ठले सांसद बमध्वजलाई कुरा राखेको थिए । ‘यो एनलक एक्सरेले कार्यसम्पादनमा समस्या आएको छ । समय नि धेरै लाग्छ ।’ सांसद बमध्वजसँग डा. श्रेष्ठले समस्या राख्दै भने, ‘डिजीटल एक्सरेको व्यवस्था गरिदिनुपर्यो ।’

जवाफमा बमध्वजले आफूले यो समस्या नजिकबाट बुझेको र समाधान गर्ने बताए । ‘तपाईंले समस्या राख्नुभयो, म सक्दो पहल गर्छु ।’ उनले भने, ‘अर्को आर्थिक वर्षमा हेरौंला ।’

डिजिटल एक्सरे मेशिनको २५ लाख जति मुल्य पर्ने डा. श्रेष्ठले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















