बनेपा । ‘आफ्नो ज्यानको कसलाई पो माया नहोला र ? त्यो पनि यस्तो महामारीको बेलामा । तर यी भोक र प्यासले छट्पटीएका सडकमा आश्रीत मानव तथा पशुपंछीहरुलाई पनि त केही गर्नु पर्यो नि होइन त ?’ प्रशासनसित अनुमति लिएर आफुहरु सुरक्षीत भएर हिडेको पनि आज १० दिन भयो ।’ बनेपा नगरपालिका वडा नं. ८ का सर्बश्री अधिकारीले सबैमा आग्रह गर्दै भने, ‘बनेपामा अहिले त धेरै मानिसहरुले पनि पशुपंक्षीहरुलाई दाना पानी दिन थाल्नु भएको रहेछ यस्तो देखेर खुशि लाग्यो, मेरा सबै ठाउँको साथीहरूले पनि आफुले सकेको गर्नु होला ल ।’

कोरोना भाईरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन घोषणाा गरेर लामो समयसम्म पनि खानाको अभावमा रहेको छाडा पशुचौपायलाई बनेपा नगरपालिका वडा नं. ८ का सर्बश्री अधिकारी र रोहीत श्रेष्ठले खाना, विष्कुट र पानी लगायतको ब्यवस्था गर्दै आएका छन् । केही दिनदेखि उनीहरुले सडकका विभिन्न ठाउँ र खम्बाहरुमा भाँडा समेत झुण्ड्याएर अरुलाई पनि अभियानमा साथ दिन प्रेरित गर्दै आएको छ । त्यससँगै सडक पेटीमा बेबारिसे अवस्थामा रहेका मान्छेहरुलाई समेत खानाको ब्यवस्था गर्दै आएका छन् ।

घर, पसल र होटलहरु बन्द भएपछि छाडा रहेका ती पशुचौपायले खाना र पानी समेत नपाउने अवस्था देखेपछि उनीहरुले खाना र पानीको ब्यवस्था गर्दै आएको सर्बश्रीले बताइन् । बजार क्षेत्रमा भेटेका जतिलाई ख्वाउने र नभेटेकालाई पछि खान मिल्ने गरी विजुली र अन्य खम्बाहरुमा बाँधेर राखिएको भाँडामा हालेर राख्ने ब्यवस्था मिलाएको उनले जाकारी दिईन् । ‘बनेपाको पुल बजारदेखि बुडोलसम्मका बजारक्षेत्रमा रहेको कुकुर, गाई लगायतका पुश चौपायलाई दिन विराएर ब्यवस्थापन गर्दै आएका छौं ।’ उनले भन्,ि ‘घर पसल र होटलहरु बन्द भएपछि खाना नपाएर छट्पटिएर बसेका प्राणीको प्राण धान्नको लागि यो अभियान चलाएका हौं ।’

कति वटा पशु चौपायलाई ख्वायो भन्ने विवरण नराखेको भएपनि दिन विराएर बजार क्षेत्रका सडक पेटी र गल्लितिर रहेका पशु चौपायको लागि दाता नै बनेका छन् अधिकारी र श्रेष्ठ । आफुहरुले चलाएको अभियानमा अरुले पनि सहयोग गर्नको लागि उनीहरुले आह्वान गर्दै ती झुन्ड्याएर राखिएका टोकरीहरुमा खाना र पानी राख्न आग्रह गर्छन् । ‘हामीले बाहिरी र भित्रि सडक छेउमा रहेको खम्बाहरुमा करिब ८० वटा ठाउँमा त्यसरी भाँडा झुण्ड्याएर राखिएको छ, ति ठाउँमा बेकरीहरुले बचेको पिठोहरुको बनाएर दिईरहेका छन् ।’ उनले भनिन्, ‘हाम्रो अभियान देखेपछि बाटोमा हिड्नेहरुले पनि पाँच सय, दूई सय, हजार मेरो तर्फबाट भन्दै दिने गरेको छ ।’
‘प्रोजेक्ट डक फिड’ नाम दिएर चलाएको अभियानमा नगरपालिकाहरुले साथ दिएमा छाडा चौपायले बाँच्न पाउने अधिकारी प्राप्त गर्ने उनीहरु बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















